समाज

महोत्तरीका कायस्थ समुदायद्वारा चित्रगुप्त पूजा

महोत्तरी- कलमद्ववातको देवता तथा मनुष्यको पाप पुण्यको लेखा जोखा राख्ने भगवान चित्रगुप्तको शनिबार कलमजीबीको रुपमा चिनिएका महोत्तरीका कायस्त समुदायले धुमधामका साथ पूजाअर्चना गर्दैछन्।  

प्रत्येक वर्षझैँ भाइटीका (भैयादुज) को दिन मनाईने चित्रगुप्त पुजामा कायस्थ समुदायले आफना बंशज पिता भगवान श्री चित्रगुप्तको पुजाको साथै वर्ष भरि कलम चलाएर जिवको पार्जन गर्ने कलमको समेत पूजा गर्ने गर्छन्।

कलमलाई जिविको चलाउने प्रमुख औजारको रुपमा मान्दै आएको यस समुदायले शनिबार विभिन्न समारोहको आयोजना गरी चित्रगुप्त र कलम द्ववातको पूजा गर्दैछन्।

जलेश्वर नगरपालिका ४ सुगाभवानिपट्टि, धवौलि,भटौलिया, डाम्ही मडै, मटिहानी, बर्दिबास लगायत कायस्थ समुदायको बसोवास रहेको जिल्लाको विभिन्न ठाँउहरुमा हातमा कलम बोकेको भगावन चित्रगुप्तकाृे पुजा अर्चना गर्नुका साथै रातभरी जाग्रम समेत बस्ने र विभिन्न मनोरंजनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको चित्रांस समाज सुगाका सदस्य नागेन्द्र कुमार कर्णले बताएको छ।

आफुहरु सृष्टीकर्ता परमपिता ब्रम्हाको ईच्छापुत्र चित्रगुप्तको संतान भएको मान्यता राख्ने यी समुदायले सदियौदेखी यो परम्परा मान्दै आएका हुन्।
पुजाको दिनमा यस समुदायका मानिसहरुले कलमको प्रयोग नगरी यसलाई धोई पखाली चोखो पारेर बिधीपुर्वाक मंत्रोचारण गरी पुजा गर्दछन । भाईटिकाको दिन सम्पन्न हुने यस पुजाको भोलीपल्ट नजिकैको जलासयमा भगावन चित्रगुप्तको प्रतिमा सेलाउने गरिन्छ ।

यिनलाई ब्रम्हाद्वारा यमराजको दरबारमा नियुक्त गरिएको कुरा पदम पुराणमा उल्लेख गरिएको छ । कायस्थको स्त्रोत श्री चित्रगुप्तजी महाराजलाई मान्ने गरिन्छ । भनिन्छ ब्रह्माजीले चार वर्ण बनाएका थिए । ब्रह्माजीले ब्राहमण , क्षत्रीय , वैश्य र शुद्र वर्ण बनाए पनि यमराजले उहाँ संग मनुष्यको विवरण राख्न सहयाता मागेका थिए ।

अनि ब्रह्माजीले ११ हजार वर्ष ध्यानसाधनामा लिन भए जव उनी आँखा खोले अनि आफनो अगाडी ‘आजानभुज करवाला पुस्तक कर कलम मसिभाजनम ’ अर्थात एक पुरुषले आफनो हातमा कलम ,द्ववात , पुस्तक तथा कम्मरमा तरवार बाधेका पाए । अनि ब्रह्माजीले ती पुरुष संग सोधे हे पुरुष तिमि कोहौं अनि ती पुरुषलेले ब्रह्माजीलाई जवाफ दिए म हजुरकै चित्तमा गुप्त रुपमा निवास गर्दै आएको थिए । अब तपाईले नै मेरो नामाकरण गरि दिनु । अनि ब्रह्माजीलेले आफनै चित्तमा गुप्त वास वसेकाले उनको नाम चित्रगुप्त राखि दिए । अनि उनलाई प्रत्येक प्राणीको (काया) आत्ममा गुप्त वास वसृर उनको द्वारा गरिने सत्कर्म र अपकर्मको लेखा राख्ने र त्यसै अनुसार सही न्याय गरेर उपहार र दण्ड दिने व्यवस्था गर्ने कार्यक्रमा लगाउने काम सुम्पेका थिए ।

साथै चित्र गुप्त प्रत्येक प्राणीको (काया)आत्ममा गुप्तरुपमा वास बस्ने भएकाले चित्रगुप्त र उनका संतानलाई कायस्त भनिने समेत घोषणा गरेका थिए ।
चित्रगुप्तलाई महाशक्तिमान क्षत्रीयको नामबाट सम्बोधित गरिएको । चित्रगुप्तको दुई वटा विवाह भएको थियो । पहिलो ब्राह्मण कन्या सुर्यदक्षिणा÷नंदनीबाट चार छोरा भानु , विभानु , विश्वभानु र वीर्यभानु जन्मेका थिए भने दोस्रो नागवन्शी क्षत्रिय एरावती÷शोभावतिबाट ८ छोरा चारु , चितचारु , मतिभान सूचारु , हिमवान , चित्र र अतिन्द्रिय जन्मेका थिए ।
यसैबीच आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले महोत्तरी लगायत मिथिलाञ्चलभरिमा (भाईटिका )भैयादुज पर्व पनि धुमधाम देखिएको छ ।
एकाबिहानै गाउँशहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गर्ने गर्छन ।  ओखलमा गोबरसँगै कुटिएको केराउका दाना गोबरबाट झिकेर धोई पखाली आआफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाएने गर्छन ।
दिदीबहिनीहरुले ‘‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’’ (अर्थात् बजरी खाएर अमर बन्नू, दान नदिए दरिद्र बन्नू ) गाउँदै दाजुभाइलाई आँगनमा बसाई माला, फूल, चन्दन लगाई बजरी खुवाएर भैयादुज पर्व मनाइ रहेका छन ।
दिदीबहिनीले दाजुभाइलाई बजरी खुवाएपछि दाजुभाइले आआफ्ना गच्छेअनुसार दिदीबहिनीलाई उपहार र कोसेली दिने चलन रहि आएको छ । दाजुभाइले आजका दिन दिदीबहिनीलाई सुन, चाँदी, कपडा र अन्य विभिन्न कोसेली र उपहार दिने गर्छन् । मिथिलाञ्चलमा भैयादुज पर्व निक्कै उल्लास र खुशीका साथ मनाइन्छ ।

प्रकाशित: ४ कार्तिक २०७४ ०५:०५ शनिबार

महोत्तरीका कायस्थ समुदायद्वारा चित्रगुप्त पूजा