जाजरकोट – ऐतिहासिक जाजरकोट दरवार जीर्ण बन्दै गएको छ । दुई सय ५० वर्षअघि गोरखाका राजा पृथ्वीनारायण शाहका मीत हरि शाहले निर्माण गरेको जाजरकोट दरवार कला र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीवाट स्थानीय जनतालाई इटा बोकाएर दरवार निर्माण गर्न लगाएका थिए । हाल स्थानीय जनता र सरकारी वेवास्ताका कारण यो दरवार जिर्ण बन्दै गएको छ । नेपाल वाइसी र चौविसौ राज्यमा विभाजित भएका बेला र गोरखाका राजा पृथ्वी नारायण शाहको नेपाल एकिकरण अभियान सफल पार्न ठूलो सहयोग गरेका जाजरकोटी राजा हरि शाहले १८२५ सालमा निर्माण गरेको दरवारका ऐतिहासिक वस्तुहरु हराइसकेका छन् । कलात्मक झयाल, ढोका र दरवारको डिजाइन देखेर आगन्तुकहरु मोहित हुँदैनन् ।
नेपालमा प्रजातन्त्र स्थापना हुने बेला श्रीपेच, राजगद्धीलगायतका सामाग्रीहरु हराएका छन् । प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जाजरकोट दरवार पुननिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २७ करोडको लागतको बजेट तयार पारेको बताए । ‘भवन डिभिजन कार्यालयले दरवारको ऐतिहासिक र कला नबिगारिकन पुननिर्माण गर्ने तयारीमा छौं । योजना गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा गएर रोकिएको हुँदा काममा ढिलाई भएको हो ।’
प्रकाशित: २ कार्तिक २०७४ ०६:५७ बिहीबार