राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले तस्करी (भन्सार छलेर) गरि ल्याएको एक ट्रक सामान नियन्त्रणमा लिएको छ।
राजश्व अनुसन्धानको टोलीले सिरहाको माडर भन्सार नाकाबाट तस्करी गरी ल्याएको लत्ताकपडा बोकेको ट्रक काठमाडौं तर्फ जाँदै गर्दा नियन्त्रणमा लिएको राजश्व कार्यालय इटहरीको प्रमुख सुरेश आचार्यले जानकारी दिए।
भन्सार छलीका लत्ताकपडा लोड गरिएको प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर इटहरी ल्याएर जाँच तथा कारबाही गरिने प्रमुख आर्चायले नागरिकलाई जानकारी दिए।
सिरहाको दक्षिणी सिमावर्ती बजार माडरबाट पूर्वपश्चिम राजमार्गको चोहर्वाचौकतर्फ जाँदै गरेको ट्रकलाई चोहर्वा चोक नजिकै नियन्त्रणमा लिइएको हो।
टोलीले यसअघि आइतबार बिहान सिरहा नगरपालिका–१५ मा रहेको चन्द्र नारायण आधारभूत विद्यालय परिसरको बगैँचाबाट करिब ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो।
प्रकाशित: १४ आश्विन २०८० १२:४१ आइतबार