समाज

शुक्रबार कोशी प्रदेशमा उराउ जातिलाई सार्वजनिक विदा

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले असोज १२ गते कर्मधर्म पर्वका अवसरमा कोशी प्रदेशमा उराउ तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपयरिषद्को बैठकले कर्मधर्म पर्व मान्ने उराउ तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास  बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको  पूर्व स्वीकृति लिन  सिफारिस गर्ने, उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय  गरेको छ।  

प्रकाशित: ११ आश्विन २०८० १२:०६ बिहीबार

कोशी प्रदेश