समाज

सिक्न मस्तिष्क नचाहिने

यस्तो पनि!

गल्तीबाट सिक्नका लागि कुनै दिमाग खियाइरहन नपर्ने एउटा अध्ययनबाट देखिएको छ। जेलिफिससँग मस्तिष्क छैन। उसले कुनै पनि निर्णय गर्न मस्तिष्क प्रयोग गर्दैन। जेलिफिसलाई हेर्दै अनुभवका आधारमा निर्णय गर्न मस्तिष्क नचाहिने वैज्ञानिकहरुले अध्ययन निष्कर्ष निकालेका हुन्।

जेलिफिसको कुरा आइहाल्यो भने तपाईंलाई थाहा नहुन सक्छ, यस प्राणीमा हाड हुँदैन। रगत पनि हुँदैन। मस्तिष्क त झनै हुँदैन। यो प्राणी ५०० मिलियन वर्ष पुरानो हो। जेलिफिसहरु डाइनासोरकालीन हुन्।

जेलिफिसमा केन्द्रीकृत मस्तिष्क नभए पनि पहिलो पटक भोगेको व्यवहार पुनः केही मिनेटपछि भोग्नुपर्ने अवस्था आए अघिल्लो अनुभवलाई तिनले प्रयोग गर्ने गरेको वैज्ञानिकहरूले पाएका छन्। प्रायः यस्ता अनुभवका लागि क्लिष्ट मस्तिष्क संरचना भएका अन्य जनावरहरूले पनि मस्तिष्कलाई भन्दा स्वचालित रुपमा अनुभवलाई प्रयोग गर्ने गरेको पनि पाइएको छ।

जेलिफिसले यस्ता अनुभवका लागि ‘ह्रोपिया’ नामक स्नायु कोषहरूको संरचनालाई उपयोग गर्ने गर्छन्। जेलिफिसका २४ वटा आँखा हुन्छन्। तिनले सूचना संकलनको काम गर्छन्।

जर्मनीको किल विश्वविद्यालय र डेनमार्कको कोपेनहेगन विश्वविद्यालयका शोधकर्ताले संयुक्त रूपमा यसलाई अध्ययन गरेका थिए। अध्ययनका लागि उनीहरूले ठूलो वृत्ताकार टयाक बनाएका थिए। त्यो टयांकमा पानी थियो भने तिनमा खैरो र सेतो रंगका पट्टीको पर्खाल बनाइएको थियो।

यहाँ क्यारेबियन समुद्रबाट ल्याइएको जेलिफिस हालिएको थियो। उसले यहीं आफ्नो खाना खोज्नुपर्थ्यो। करेन्ट बायोलोजी नामक शोध जर्नलमा प्रकाशित आलेखअनुसार सेतो र खैरो पटीले बाटो छेक्ने कुरा जान्न साढे सात मिनेट लगाएको थियो। त्यसपछि दोहोर्‍याएर उसले बाटो छेक्ने यस्ता पट्टीलाई छल्दै खाना खोज्न निस्किएको थियो।

निष्कर्षमा भनिएको छ, ‘यस्ता पट्टीमा जेलिफिस रोकिने कि अघि बढ्ने भन्ने सिक्न समय लाग्यो तर त्यसपछि उसले सो गल्ती दोहोयाएन। यस्तो गल्तीबाट सिक्न मस्तिष्ककै प्रयोग हुनुपर्छ भन्ने पहिलो सोचिन्थ्यो। तर, जति मस्तिष्क भएका प्राणीहरुले सिक्न समय लगाउँछन्,लगभग उही समयमा यसले पनि अवस्थालाई सम्हालेकाले सिक्न मस्तिष्क नचाहिने देखिएको शोधकर्ताहरूको दाबी छ। कोपेनहेगज विश्वविद्यालयको एन्डर्स गार्म भन्छन्, ‘सामान्य स्नायुले पनि क्लिट गणनाको काम गर्ने रहेछ भन्ने यसबाट देखिन्छ।’

प्रस्तुत:अच्युत कोइराला

प्रकाशित: ८ आश्विन २०८० ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App