समाज

रत्नपार्क सूर्य विनायक द्रुत बस संचालन

काठमाडौको रत्नपार्क देखि भक्तपुरको सूर्य विनायक सम्म चल्ने द्रुत बस सेवा आज देखि संचालन भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका छन्।

आज उद्घाटन भए पनि भोलिदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन्।

उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्य विनायक नगरपालिकाका मेयरहरू चढेर यात्रा गरेका छन्।

प्रकाशित: ३ आश्विन २०८० ०६:०५ बुधबार

रत्नपार्क सूर्य विनायक द्रुत बस सेवा संचालन