समाज

दोलखाका रेग्मी नुवाकोटमा मृत्त भेट्टिए

नुवाकोट – दोलाखा साविक लाकुरीडाँडा गाविस वडा–३ का लोकप्रसाद रेग्मी नुवाकोटको विदुर नगरपालिका–१३ केसिंहस्वारामा मृत अवस्थामा भेट्टिएका छन्। 

व्यापारिक प्रयोजनको सिलसिलामा नुवाकोट आएका ३९ वर्षका रेग्मी सडक छेउमा सोमबार बिहान मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए। 

स्थानीयवासीका अनुसार खुद्रा सामग्रीको व्यापार गर्ने गरेका रेग्मी उधारो रकम उठाउन केही दिनअघि नुवाकोटमा आएका थिए। शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ। 

प्रकाशित: ९ आश्विन २०७४ ०८:१८ सोमबार

दोलखाका रेग्मी नुवाकोटमा मृत्त भेट्टिए