समाज

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा आजदेखि तीन दिन विद्युत् अवरूद्ध हुने (सूचनासहित)

सबस्टेशन स्तरोन्नतीको लागि नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ। तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको हाे।

लप्सीफेदी तथा चागुनारायण  सवस्टेशन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले सूचना जारी गरि जनाएको छ।

त्यस्तै ६६ केभी स्युचाटार९पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित: २९ भाद्र २०८० ०२:२८ शुक्रबार

आजदेखि तीन दिन विद्युत् अवरूद्ध हुने