समाज

नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना, ३को मृत्यु, २९ घाइते

नुवाकाेटकाे थानाभञ्ज्याङमा दुर्घटनाग्रस्त बस । तस्बिर साैजन्य : फेसबुक

काठमाडौँ – काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बस शनिबार दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बा १ ख६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ स्थित थानाभञ्ज्याङमा दुर्घटना भएको हो । 'दुर्घटनामा परी ४ जनाकाे घटनास्थलमै मृत्यु भएकाे  भनिए पनि अहिले सम्म ३ जनाकाे मात्र शव फेला परेकाे छ, '  नुवाकाेटका डिएसपी मधुकर जंग विष्टले बताए ।

बस सडकबाट करिव ३५० मिटर तल झिल्के भनिने अनिल तामाङकाे घरमाथि खसेकाे  हाे । घटनामा परी घरधनी सिता तामाङसहित २९ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ। 

घटनास्थलमा अझै पनि मानिस फसेकाे हुन सक्ने अनुमानमा श्रीनाथ गण देविघाटका सेना, प्रहरी तथा स्थानीयहरू उद्धार कार्यमा लागिरहेका छन्। उक्त बसका  चालक  फरार रहेकाे र दुर्घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे छ। 

 

 

प्रकाशित: २४ भाद्र २०७४ ०७:२८ शनिबार

नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना ३को मृत्यु २९ घाइते