समाज

झापामा खोलाले बगाउँदा  एकको मृत्यु

बनियानी – आइतबार बिहान झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। 

कनकाई नगरपालिका– ८ स्थित बिरिङ र टाङ्टिङ नदीको दोभानमा अर्जुनधारा नगरपालिका– ८ का गोपाल लोहारको शव भेटिएको छ । शनिबार साँझ खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए। 

त्यस्तै कमल खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–३ का ७१ वर्षीय हस्तबहादुर लिम्बू बेपत्ता भएका छन् । खोला तर्ने क्रममा लिम्बूलाई बगाएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: १८ भाद्र २०७४ ०६:३५ आइतबार

झापामा खोलाले बगाउँदा  एकको मृत्यु