समाज

कीर्ते गरी चिनियाँले निकाले नागरिकता, सहयोगी पक्राउ

मेलम्ची—कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई आज इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला अदालत चौताराबाट कीर्ते नागरिकता बनाउन सहयोग गरेको भन्दै २०७० मंसिर ११ गतेको फैसलाले दुई वर्ष ११ महिना आठ दिन कैद र रु ५० हजार जरिवाना सुनाएको थियो ।

लामाले कैद र जरिवाना भुक्तान नगरी चार वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले निजको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए।

पक्राउ परेका लामालाई आजै जिल्ला अदालत चौतारामा बुझाइने ढुंगानाले जानकारी दिए। रासस

प्रकाशित: १४ भाद्र २०७४ ०७:१३ बुधबार

कीर्ते गरी चिनियाँले निकाले नागरिकता सहयोगी पक्राउ