समाज

सोलुखुम्बुमा चट्याङ लागेर २को मृत्यु, २ घाइते

सोलुखुम्बु – सोलुखुम्बुको जुबुमा चट्याङ लागेर दुई जनाको ज्यान गएको भने २ जना घाइते भएका छन् । शनिबार अपरान्ह दुधकौसिका गाउँपालिका ४ निवासी १४ र १० वर्षीय बालकको चट्याङ लागेर ज्यान गएको प्रहरी चौकी सुकेपोखरीका प्रहरी सहायक निरीक्षक हरि खड्काले बताए।

दुधकौसिका गाउँपालिका ४ जुबु काउलेका पर्शुराम राईका छोरा १४ वर्षीय सन्दिप राई र ईन्द्र बहादुर तामाङका १०  वर्षीय छोरा विमल तामाङको मृत्यु भएको हो । चट्याङबाट जुबुकै ३५ वर्षीय अर्जुन तमाङ र ५० वर्षीय राम कुमार राई घाइते भएका छन् । तामाङ बेहोस अवस्थामा रहेका छन् । उनीहरूलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको हो।

अहिले जबु सुकेपोखरीको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

प्रकाशित: १० भाद्र २०७४ १२:४९ शनिबार

सोलुखुम्बुमा चट्याङ लागेर २को मृत्यु घाइते