समाज

महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु

काठमाडौँ –नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ। 

सोमबार बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए। 

महासङ्घको नयाँ नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र राउत र भावना (विद्रोही) बीच नेतृत्व हत्याउने रस्साकस्सी छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भइरहेको छ। 

पैंतालीस सदस्यीय कार्यसमितिका लागि सोमबार दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । कूल मतदाता एक हजार ५१६ जनाले मतदान गर्नेछन्। 

मतगणना नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा गरिने कुरा समितिका संयोजक खनालले जानकारी दिए। रासस 

प्रकाशित: ५ भाद्र २०७४ ०७:४८ सोमबार

महासङ्घको नेतृत्वका लागि मतदान शुरु