समाज

सप्तरीमा राहात लैजान एनआरएनलाई गृहमन्त्रीको आग्रह

काठमाडौं—गृहमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली संघलाई सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालिन राहत वितरण गर्न सुझाब दिएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्माबीच बिहीबार बिहान काठमाडौंमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी केन्द्रित हुन आग्रह गरेका हुन्। 

गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघले देखाएको अग्रसरताको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी राहत वितरण गर्न सुझाव दिए।

अध्यक्ष घलेले सरकारको आग्रहअनुसार नै स्थानीय प्रशासनसँगको समन्वयमा प्रभावकारी राहत बितरण गरिने बताए। एनआरएनएले घर बगाएका पीडित परिवारलाई त्रिपाल तथा छोटो समयका लागि खाद्य सामाग्रीसमेत बितरण गर्ने तयारी गरेको घलेले जानकारी दिए।

बाढीपछि फैलिनसक्ने प्रकोपलाई ध्यान दिँदै एनआरएनएले स्वास्थ्य शिविर स्थापना गर्ने जानकारी दिँदै अध्यक्ष घलेले सो अभियानमा स्वयंसेवीरुपमा सहभागी हुन स्वास्थ्यकर्मीहरुलाई आह्वान गरे। 

प्रकाशित: १ भाद्र २०७४ ०८:०९ बिहीबार

सप्तरीमा राहात लैजान एनआरएनलाई गृहमन्त्रीको आग्रह