समाज

इन्जिनियरिङ शुल्कवृद्धि विरुद्ध ‘हवन’ लगाएर विरोध

तस्बिर: राजिव खत्री/नागरिक।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले इन्जिनियरिङ शुल्क वृद्धि र भ्रष्टाचारको विरुद्ध ‘हवन’ लगाएर विरोध जनाएका छन्।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थीहरूले आइतबार डिन कार्यालय अगाडि संकेतिक रुपमा ‘बुद्धि शुद्धि हवन’ लगाएर विरोध जनाएका हुन्।

आइतबार नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लेकार्डसहित नाराबाजी गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका थिए।

सबै विश्वविद्यालयको इञ्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्जिनियरिङ अध्ययन संस्थान आइओइको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरून्तै फिर्ता लिनुपर्ने, त्रिवि र आइओइलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने उनीहरूको माग छ।

इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.रबी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो।

प्रकाशित: १० भाद्र २०८० ०९:०५ आइतबार