समाज

सुन प्रकरणमा तानिएका झलकराम र छिरिङबीचको यस्तो छ कुराकानी

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको ६० किलो सुन तस्करीको अनुसन्धानमा अध्यागमन विभागका प्रमुख झलकराम अधिकारी तानिएका छन्।

सुन तस्करी प्रकरणमै पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले विच्याटमा गरेको कुराकानी सिआइबीले फेला पारेको छ।  

यस्तो छ सार्वजनिक भएको संवाद:

–म्यासेजमा दावाले ‘नमस्ते’ भनेका छन्।

–त्यसको जवाफमा अधिकारीले ‘नमस्ते’ भन्दै ‘हाउ आर यु’ लेख्छन्।

–दावाले जवाफ लेख्छन्, ‘एभ्रिथिङ गुड, थ्यांक यु दाइ।’

अधिकारीले दावालाई पानी तान्ने मोटरको फोटो पठाउँछन्, लगत्तै दावाले ‘ओके’ लेख्छन्।

–दावा छिरिङले अधिकारीलाई ‘दिस नम्बर इज अल्सो माई नम्बर’ भन्दै नम्बर दिन्छन्।

–अधिकारीले म्यासेज सिन गर्छन्। त्यसपछि उनीहरूको त्यही फोन नम्बरमा फोन संवाद भएको देखिन्छ।  

–त्यसको भोलिपल्ट दावा फेरि ‘दाइ कङ्ग्राचुलेसन’ भन्दै ‘स्याम्पेन’ सहितको म्यासेज पठाउँछन्।  

–अर्को दिन अधिकारीलाई दावाले ‘दाइ नमस्ते, आई ह्याभ गुड बिजनेस फर यु’ भन्छन्।

–लगत्तै दावाले अधिकारीलाई अर्को म्यासेज पठाउँछन्, ‘भेरी बिग अमाउन्ट क्यास, आइ नो भेरी वेल।’ अर्थात्, धेरै ठुलो पैसाको काम हो, मलाई राम्रोसँग थाहा छ। लगत्तै ‘निड टु टल्क विथ यु’ भनिएको छ।

तर महानिर्देशक अधिकारीले सुन प्रकरणमा वास्तविकतालाई नबुझेर प्रतिशोध साँधेर विभिन्न सञ्चारमाध्यमले शंकाका भरमा बदनाम गर्न खोजेको दाबी गरेका छन्।

प्रकाशित: ८ भाद्र २०८० ०७:२७ शुक्रबार

राजस्व अनुसन्धान विभाग ६० किलो सुन तस्करी झलकराम अधिकारी दावा छिरिङ