झपा- झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।
झपा गाउँपालिका २ मा कन्काई खोलाले बगाउँदा कमला घोर्साने र शिवसताक्सी नागरपालिका १ मा झिलझिले खोलाले बगाउँदा विजय पाण्डेको मृत्यु भएको हो।
कनकाईमाइ नदीमा आएको बाढीले मृतक घोर्सानेकी आमा, झापा गाउँपालिका २ कै कलिप्रसाद राजबंसी सहित परिवारका ४ जना, झावा गाउँपालिका ७ का टेकबहादुर दर्नाल, उनकी श्रीमति र बच्चालाई बगाउँदा बेपत्ता छन्।
बाढीका कारणा झापा गाउँपालिका, वारदसी गाउँपालिका, कचनकवल गाउँपालिका, मेची नगरपालिका, हल्दिवारी गाउँपालिका, शिवसताक्सी नगरपालिका, भद्रपुर नगरपालिका र गौरिगन्ज गाउँपालिकाबाट ११ सय ११ परिवार विस्थापित भएका हुन्।
झापामा सबै भन्दा धेरै कनकाई नदीले क्षति पुर्याएको छ। विरिङ, कमल, निन्दा, मेची, रतुमावा, झिलझिले र किष्णे खोला बस्तिमा पसेको छ।
झापा गाउँपालिकामा सुरक्षाकर्मी उद्वारमा गए पनि बाढीका कारण केही गर्न सकेको छैन। अविरल बर्षा भइरहेका कारण थप समस्या परेको छ। झपामा विजुली, मोवाइल र इन्टरनेट सेवा समेत अवरुद्ध छ।
प्रकाशित: २८ श्रावण २०७४ १०:५४ शनिबार