समाज

सप्तरीमा बम विस्फोट हुँदा चार प्रहरी घाइते

राजविराज – सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ। 

इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। 

इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। 

उक्त भ्यानमा प्रहरी निरीक्षकसहित १२ जना प्रहरी सुरक्षाकर्मी सवार थिए । उनीहरुको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट जानकारी प्राप्त भएको छ । रासस 

प्रकाशित: २२ श्रावण २०७४ ०६:४४ आइतबार

सप्तरीमा बम विस्फोट हुँदा प्रहरी घाइते