समाज

श्रीमतीलाई तातो तेल खन्याउने २ महिनापछि पक्राउ

दोलखा –  श्रीमतीको अनुहारमा  तातो तेल खन्याएर फरार रहेकालाई दोलखा प्रहरीले दुई महिना पछि पक्राउ गरेको छ।

गत जेठ २२ गते जिल्लाको वैत्येश्वर गाउँपालिकाका ३६ वर्षीय कुमार तामाङले आफ्नी ३५ वर्षीय श्रीमतीको अनुहारमा तातो तेल खन्याएर घाइते बनाएका थिए। 


लामो समयदेखि श्रीमानबाट हिंसा पीडित बनेकी उनलाई श्रीमानले तातो तेल खन्याएपछि उपचारका लागि राजधानी लगिएको थियो । फरार रहेका श्रीमानलाई दुई महिना पछि मंगलबार नाम्दुबाट पक्राउ गरिएको जिल्ला प्रहारी प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। 

 

प्रकाशित: १८ श्रावण २०७४ १४:०९ बुधबार

श्रीमतीलाई तातो तेल खन्याउने महिनापछि पक्राउ