समाज

डिना बाङ्देलको निधन

काठमाडौं – कला इतिहासकार डा. डिना बाङ्देलको अमेरिकाको भर्जिनियास्थित अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको छ । दुई साताअघि साइनसको शल्यक्रियाको लागि अस्पताल भर्ना भएकी उनलाई मेनिन्जाइटिसको संक्रमणपछि निधन भएको थियो ।
कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागको निर्देशक रहेकी ५४ वर्षीया बाङ्देल साहित्यकार लैनसिङ बाङदेलकी छोरी हुन् । उनी सन् २०१२ देखि  भर्जिनियास्थित कमलवेल्थ युनिभर्सिटीको ‘स्कुल अफ आर्टस’ अन्तर्गतको कलेजमा कार्यरत थिइन।
नेपाली कलालाइ अन्तराष्ट्र्रियस्तरमा पुर्याउन सक्रिय भएर लागेकी आर्ट क्युरेटर डा. बाङ्देल नेपाल कला परिषदकी बोर्ड अर्फ डाइरेक्टर्सकी सदस्य समेत थिइन् । उनी ९६ वर्षीया आमा मनकुमारी बाङदेल, श्रीमान र २ छोरा छन् ।

प्रकाशित: ११ श्रावण २०७४ ०५:०० बुधबार

डिना बाङ्देलको निधन