समाज

सुतिरहेकी युवतीमाथि हतियार प्रहार

महोत्तरी—गए राति सुतिरहेका बेला अपरिचित व्यक्तिले धरिलो हतियार प्रहार गर्दा गौशाला नगरपालिका– ५ शिवभक्तिखोरकी २५ वर्षीया रीतादेवी गिरी गम्भीर घाइते भएकी छन्।

घाँटी, पाखुरा र पिँठ्यमा गहिरो चोट लागेकी रीताको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए।

चार सन्तानकी आमा रीतका श्रीमान् रामजीवन आठ महिनादेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छिन् । रासस

प्रकाशित: १० श्रावण २०७४ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App