समाज

बाँदर धपाउँदा आफैले बोकेको बन्दुक पड्केर एक जनाको मृत्यु

बाँदरले हैरान बनाएपछी धपाउने क्रममा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका–७ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको हो।

नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसीको आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए।

शुक्रबार बिहान ११ बजेको समयमा पदम घरमा राखेको अवैध बन्दुक बोकेर बाँदर धपाउन हिंडेका थिए। उनी बारीमा चिप्लन पुग्दा एकनाले बन्दुक आफै पड्किएको थियो। उनको कोखामा गोली लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको थियो। अस्पताल ल्याउनासाथ उनलाई चिकित्सकले मृत घोंषणा गरेका थिए।

भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  

प्रकाशित: २६ श्रावण २०८० १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App