समाज

सहयोग संकलन गरेर तोक्पेगोलामा गुम्बा निर्माण

विभिन्न दातासँग सहयोग संकलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ। समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग संकलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए।

उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउँन स्थानीय जुटेका हुन्।

गुम्बा निर्माण लागत दुई करोड रुपैयाँ बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ। तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयवासीको भनाइ छ।

तोक्पेगालामा जन्मिएर अमेरीका पुगेकाले सहयोग संकलन गरेर ४५ लाख रुपैयाँ पठाएपछि गुम्बा निर्माण प्रक्रिया सुरुआत भएको निर्माण समिति अध्यक्ष शेर्पाले बताए।

उनका अनुसार गुम्बा निर्माण गर्न एक जर्मनी नागरिक समेतले आठ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

गुम्बा निर्माण लागत दुई करोड रुपैयाँ बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ। तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयवासीको भनाइ छ।

मिक्वाखोला गाउँपालिकाबाट २१ लाख रुपैयाँ उपलब्ध भएको निर्माण समितिले जनाएको छ। गुम्बा निर्माणका लागि अनुमानित दुई करोड रुपैयाँ लागत भए पनि अहिले २५ लाख रुपैयाँ ऋण रहेको निर्माण शेर्पाले बताए।

निर्माण कार्यमा कार्यरत मजदुरका लागि ज्याला दिनबाहेक आवश्यक सामग्री खरिदमा भएको खर्च २५ लाख रुपैयाँ ऋण रहेको उनले बताए।

गुम्बामा राखिने गौतम बुद्धका प्रतिमा भिन्न दाताबाट जम्मा भएको छ। आठ लाख रुपैयाँका तीन वटा प्रतिमा, आठ लाख ५० हजार रुपैयाँ र पाँच लाख ५० हजार रुपैयाँका एकएक गौतम बुद्धका प्रतिमा दाताबाट उपलब्ध भएका छन्। अन्य आवश्यक पुस्तक र सामग्री समेत दाताबाट उपलब्ध भएको छ।

समितिका अनुसार यसै आउँदो आर्थिक वर्षको साउनमा गुम्बाको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ। गुम्बा नियमित पूजापाठ, मन्त्र जब गर्न, लामा व्यवस्थापन गर्नका लागि छुट्टै कोष स्थापना गर्ने योजना रहेको निर्माण समिति अध्यक्ष शेर्पाले बताए।

उनले भने,‘गुम्बामा लामा व्यवस्थापन गर्न देशविदेशमा बसोबास गर्ने दातासँग समन्वय भइरहेको छ। गाउँपालिकाले पनि सहयोग गर्दछ भन्नेमा विश्वास लिएका छौं।’

मिक्वाखोला गाउँपालिकाबाट २१ लाख रुपैयाँ उपलब्ध भएको निर्माण समितिले जनाएको छ। गुम्बा निर्माणका लागि अनुमानित दुई करोड रुपैयाँ लागत भए पनि अहिले २५ लाख रुपैयाँ ऋण रहेको निर्माण शेर्पाले बताए।

तोक्पेगोला क्षेत्रका स्थानीय गुम्बा निर्माण निकै महत्वपूर्ण रूपमा लिएका छन्। तोक्पेगोला बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन्। स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ। झुरुप्प घर। काठले छाएको छानो। भोटे झ्याल। टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि! किनकि घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ। गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्त्व झल्काउँछ। हिमाली ठाउँ भएकाले आफैंमा सुन्दर त हुने नै भयो।

ताप्लेजुङको पर्यटकीय गन्तव्यमध्ये तोक्पेगोला क्षेत्रको पनि ठूलो स्थान रहेको छ। तोक्पेगोला बस्ती नजिकै सोदु पोखरी रहेको छ। सोदु पोखरी एक धार्मिक महत्त्व बोकेको एक पोखरी हो। प्रत्येक वर्ष सोदु पोखरीमा पूजापाठ गर्न जाने धार्मिक पर्यटकको पनि संख्या बढ्दै गएको तोक्पेगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताए।

तोक्पेगाला बस्तीमा गुम्बा निर्माण हुनुलाई धार्मिक प्रतिष्ठाको रूपमा हेरिएको मिक्वाखोला-५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए। गुम्बा निर्माण सम्पन्न गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ।

गुम्बामा धर्मग्रन्थ र विशिष्ट धर्म गुरुको भनाइ अनुसार गुरु पध्मसम्भवलाई सझिने वा उनको मन्त्र उच्चारण मात्र गर्नाले पनि विघ्नबाधा हट्नुका साथै असीम पुण्य सञ्चय गर्न सकिने जनविश्वास छ।

ताप्लेजुङको पर्यटकीय गन्तव्यमध्ये तोक्पेगोला क्षेत्रको पनि ठूलो स्थान रहेको छ। तोक्पेगोला बस्ती नजिकै सोदु पोखरी रहेको छ।

अझ उनको थांका वा प्रतिमा नै स्थापना गर्न सकियो भने त्यसको प्रभवले समस्त प्राणीको उद्धार, पूर्वजन्मको कुकर्मको प्रायश्चित, मानव जीवन सुन्दर, विघ्न बाधारहित शान्तिमय हुने, विश्वमा शान्ति फैलिने र मोक्ष प्राप्त गर्न सकिने जनविश्वास छ।

भौगोलिक/भौतिक दृष्टिकोणबाट पनि यस स्थानलाई धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित गराउने उद्देश्यले गुम्बा स्थापना गरी निरन्तर रूपमा धर्मीक कार्य सञ्चालन गर्नुका साथै आवश्यक संरचना निर्माण गर्दै आइरहेको छ।

प्रकाशित: २२ श्रावण २०८० ०७:४५ सोमबार

तोक्पेगोलामा गुम्बा निर्माण सहयोग संकलन