समाज

कर्णालीमा लम्पी स्किनः ९ हजार बढी पशुचौपायको मृत्यु

एन्टिबाईटिक दिएको भैसि तथा गाईको दुध नखान सुझाव

लम्पी स्किन भाइरसका कारण कर्णाली प्रदेशमा ९ हजार ६ सय २० वटा पशुचौपायको मृत्यु भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको गएको असार ३१ गते सम्मको तथ्यांक हेर्दा कर्णाली प्रदेशमा ९ हजार ६ सय २० वटा पशुचौपायको ज्यान गएको हो। जसमध्ये  जुम्लामा ३ सय ६५ वटा  पशुचौपायको मृत्यु भएको पशु सेवा अस्पताल कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।

उनका अनुसार हुम्लामा १ हजार ९ सय ८३,डोल्पामा ३ सय १४,कालिकोट  ८ सय २७,सुर्खेत १ हजार ४६,सल्यान  १ हजार २२,रुकुम पश्चिम ४ सय ६९,जाजरकोट २ हजार ८ सय ७७,दैलेख ५ सय ९६ र मुगुमा  १ सय २१ चौपायको मृत्यु भएको छ।

यस्तै लम्पी स्किनबाट जुम्लाका १२ हजार ३ सय १५ वटा  पशुचौपाय संक्रमित भएको पशु सेवा अस्पताल कार्यालय जुम्लाको तथ्यांकले देखाएको छ। उनले भने, जुम्लामा पशुपन्छि कुल २ लाख ८ हजार २ सय ७  छ। त्यसमध्ये  १२ हजार ३ सय १५ वटा संक्रमित छन्। दैलेखमा ७४ हजार ७ सय २३,मुगुमा ४ सय ३१,हुम्लाका १३ हजार ५ सय ९८,डोल्पामा ५ हजार ९ सय ८,कालिकोटका ७ हजार ५ सय २२,सुर्खेतका २९ हजार ४ सय ६६,सल्यानका ३४ हजार ४ सय ८,रुकुम पश्चिमका १७ हजार ३ सय ६२ र जाजरकोटका २३ हजार ४९ वटा पशुचौपाय संक्रमित भएका छन्। 

कर्णाली प्रदेश अन्तर्गतका १० जिल्लाका २ लाख १८ हजार ७ सय ८२ पशुचौपाय संक्रमित छन्। यस्तै १ लाख २० हजार ९ सय ६३ गोरुमा संक्रमित मध्ये ५ हजार ३६ गोरु मरेका छन् । जम्मा  संक्रमित २ लाख १८ हजार ७ सय ८२ मध्य १ लाख ४० हजार ७ सय ४६ पशुचौपायको उपचार गरिएको छ । भने १२ हजार ५ सय ५३ पशुचौपायलाई मात्र खोप दिइएको छ।

त्यस्तै लम्पी स्कीन राेग लागेका गाइ-भैसीकाे दुध प्रयाेग नगर्न सुझाव दिइएकाे छ। मानिसमा नसरेपनि उपचारकाे क्रममा रहेकाे यस्ता  गाइ-भैसीकाे दुध खान नहुने चिकित्सककाे भनाइ छ।  पशु सेवा अस्पताल कार्यालय जुम्लाका प्रमुख बुढ्थापाले भने, 'मान्छेमा नसर्ने हुदा खाँदा समस्या छैन् । तर पशु चौपाय भैसीमा कुनै एन्टिबाईटिक चलाएको भए खानुहुदैन्, एन्टिबाईटिक चलाएको पशु तथा भैसिको दुध नखान सुझाव दिइन्छ।'

जुम्लाका ८ वटै स्थानीय तहका लागि थप खोप पुगेको उनले ओैल्याए। जुम्लामा झण्डै ३ लाख बराबरको खोप पुगेको प्रमुख बुढ्थापाले बताए। जुम्लाको गुठिचौर गाउँपालिकाले खोप लिइसकेको छ।एक गाउँपालिकाका २ सय पशुचौपायलाई पुग्नेगरी खोप वितरण गरिनेछ।अरु गाउँपालिकालाई समयमै लिन पनि अपिल गरेका छन्।  जुम्लामा लम्पी स्किन संक्रमणको भयावह अवस्था छ,रोकथाम गर्न सबैले आ(आफ्नो तह तप्काबाट लाग्न जरुरी छ,प्रमुख बुढ्थापाले भने।

प्रकाशित: १५ श्रावण २०८० ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App