समाज

फुङलिङमा मोटरसाईकल दुर्घटनामा परी एक जना घाइते

ताप्लेजुङको फुङलिङमा मोटरसाइकल दुर्घटनामा परी एक जना घाइते भएका छन्। फुङलिङ नगरपालिका वडा नं ६ स्थित होटल प्यारिज अगाडि भएको मोटरसाईकल दुर्घटनामा परी मेरिङदेन गाउँपालिकाका २ का बस्ने ३९ जितेन केदेम लिम्बु घाइते भएका हुन्।  

सख्त घाइते भएका उनको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि  रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार घाइतेको टाउको, दाहिने खुट्टा र गालाको दाँयातर्फको भागमा चोट रहेको छ । 

प्रहरीले जितेनले चलाएको २३प५३८ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडक किनारमा रहेको सिमेन्टको पिलरमा ठोकिन गई दुर्घटना भएको बताएको छ । घाइते अवस्थामा जितेनलाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगेका थिए।

प्रकाशित: ११ श्रावण २०८० ०७:४५ बिहीबार