समाज

सुन र मुद्रा तस्करबीच साँठगाँठ

तस्करीका तानाबाना

सुन तस्करको ‘कनेक्सन’ हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीसँग जोडिएको छ। नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीमा जोडिएका व्यक्ति र हुन्डी तथा विदेशी मुद्राको अवैध कारोबारमा जोडिएका व्यक्तिहरूको गिरोह एकै भएकाले उनीहरूबीच कनेक्सन देखिएको छ। प्रहरीले अवैध सुन र अवैध विदेशी मुद्रा कारोबारसम्बन्धी विभिन्न अनुसन्धान गरेर तयार पारेका प्रतिवेदनहरूबाट पनि त्यसको पुष्टि भएको छ। ती प्रतिवेदनहरूले औंल्याएका तथ्यहरूलाई आधार मान्दा सुन तस्कर र विदेशी मुद्रा तस्करबीच निकट सम्बन्ध रहेको देखिन्छ।

यो शृंखला नयाँ भने होइन। २०५५ सालमा गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा डलरको अवैध कारोबारबाट सुन नेपाल भित्रिने गरेको उल्लेख छ। २०५५ सालमा तत्कालीन सांसद परी थापाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका नामहरू र २०६९ सालमा गठित प्रहरीको छानबिन समितिले गरेको अनुसन्धानमा सुन तस्करी र विदेशी मुद्राको अवैध कारोबारी गिरोह एउटै रहेको छ।

त्यति मात्र होइन, २०७५ सालमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले औंल्याएका व्यक्तिहरू पनि पुरानै दोहोरिएका छन्। ‘विगतदेखि नै एउटै च्यानलमार्फत सुन तस्करी हुने गरेको देखिन्छ। कहिलेकाहीँ पात्रहरू फरक छन् तर माध्यम भने अधिकांश पुरानै देखिन्छ,’ ३३ किलो सुन प्रकरणमा अनुसन्धान गरेका एक प्रहरी अधिकृतले भने, ‘विगतको कनेक्सन पनि हेरौं त्यसमा धेरैजसो सुन, हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीको संगत, संलग्नता जोडिएको छ।’

३३ किलो सुन तस्करीमा विमल पोद्दार, महावीर गोल्यान, राजकुमार दारुका, सञ्जय खेतान, प्रभात अग्रवाललगायत पक्राउ परेका थिए। दरबारमार्गमा रहेको तत्कालीन इबिसु ज्वेलर्सका मुरारीलाल जमालियासमेत त्यसमा जोडिएका थिए।

आरके ज्वेलर्सका राजेन्द्र शाक्य र विनोदकुमार सोनीसमेत तस्करीमा जोडिए। सोनी २०५५ सालदेखि सुन, विदेशी मुद्राको अवैध कारोबारमा जोडिएका व्यक्ति हुन्। साथै २०६९ सालको विदेशी मुद्राको तस्करीमा पनि उनी जोडिएका थिए। त्यसैगरी विदेशी मुद्राको कारोबारमा राजेश अग्रवाल पनि जोडिएका थिए। व्यापारी दीपक मल्होत्रा सुन, हुन्डी, विदेशी मुद्राको अवैध कारोबारमा २०५५ सालदेखि नै निरन्तर जोडिएका अर्का व्यक्ति हुन्। उनले विमानस्थलबाट बरामद भएको सुन तस्करीमा भने आफू संलग्न नभएको जिकिर गर्दै पत्रकार सम्मेलन गरिसकेका छन्।

सुन तस्करको ‘कनेक्सन’ हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीसँग जोडिएको छ। नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीमा जोडिएका व्यक्ति र हुन्डी तथा विदेशी मुद्राको अवैध कारोबारमा जोडिएका व्यक्तिहरूको गिरोह एकै भएकाले उनीहरूबीच कनेक्सन देखिएको छ।

२०५५ सालमा मल्होत्रालाई विदेशी विनिमय नियमन गर्ने ऐनअनुसार कारबाही गर्न सिफारिस गरिएको थियो। ३३ किलो सुन प्रकरणमा पनि उनको नाम जोडिएको थियो। त्यतिबेला मल्होत्रामाथि अनुसन्धान र छानबिन भएन। तत्कालीन प्रतिनिधिसभाले सांसद परी थापाको संयोजकत्वमा बनाएको राजस्व चुहावट छानबिन समितिले त्यो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार तथा देशका अन्य भन्सार नाकाबाट हुने तस्करी तथा राजस्व चुहावटबारे अध्ययन गरेको थियो।

सो अध्ययनले विभिन्न देशबाट सुनलगायत विभिन्न सामग्री तस्करी हुने गरेको र विदेशी मुद्रा बाहिर जाने गरेको रिपोर्ट दिएको पाइन्छ।

‘विमानमा कार्गो गरेर मालसामान ओसारपसार गर्दा वैध अथवा अवैध सामान भन्नेसँग विमान सेवाको खास सरोकारभन्दा पनि ढुवानी भाडासँग सरोकार रहन सक्छ। तर विमानमै गलत नियतले अवैध सामान फिट गरी ल्याउनु अत्यन्त गम्भीर विषय हो।

३३ किलो सुन तस्करीमा विमल पोद्दार, महावीर गोल्यान, राजकुमार दारुका, सञ्जय खेतान, प्रभात अग्रवाललगायत पक्राउ परेका थिए। दरबारमार्गमा रहेको तत्कालीन इबिसु ज्वेलर्सका मुरारीलाल जमालियासमेत त्यसमा जोडिएका थिए।

विगतमा कैयौंपटक हङकङ, बैंकक र सिंगापुर, दुबईबाट काठमाडौं उडान गर्ने विमानमा सुन लगायत बहुमूल्य धातु फिट गरी ल्याउने गरेको प्रकाशमा आएका घटना छन्। कतिपय घटनाहरूमा पक्राउसमेत परेका छन्,’ सो प्रतिवेदनमा भनिएको थियो। प्रतिवेदनअनुसार अवैध रूपमा विदेशी मुद्रा, सुन र बहुमूल्य मालसामान ओसारपसार गरिदिनेमा विमान सेवाका चालक, परिचारक, परिचारिका, लोडर, विमान सफा गर्ने तल्लो तहका कर्मचारी संलग्न रहेको उल्लेख थियो।

‘उच्च पदस्थ कर्मचारी र राजनीतिक व्यक्तिहरूको समेत नाम गाँसिने गरेको छ। शानेवानिका परिचारक, परिचारिका र तल्लो तहका कर्मचारीहरूले स्विपर, लोडरले अवैध तरिकाले विदेशी मुद्रा तस्करी गर्न सघाउने गरेको समेत पाइएको छ। कतिपय केस हाल पनि कारबाहीको प्रक्रियामा छन्,’ सो प्रतिवेदनमा उल्लेख छ।

२०५५ सालमा सुन, विदेशी मुद्रा तस्करी लगायतका अन्य कार्यमा संलग्न रहेको प्रमाणित भई निगमबाट ६ जनालाई विभागीय कारबाही भएको थियो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आर्थिक वर्ष २०४७–४८ देखि २०५४–५५ सम्म अवैध सुन पैठारीसम्बन्धी ४५१ जनाबाट आयात भएको सुन जफत गरी ४४१ वटा मुद्दा फैसला गरिसकेको र १० वटा मुद्दा फैसला हुन बाँकी रहेको विवरण उल्लेख गरेको थियो।

सुन तस्करीका लागि आवश्यक विदेशी मुद्रा तेस्रो मुलुक पुर्‍याउन नेपालबाट अमेरिकी डलर तस्करी हुने गरेको यसअगाडिका अधिकांश प्रहरी अनुसन्धानबाट खुलेको थियो। तस्करीको सुनबापतको रकम भुक्तानीका लागि तस्कर समूहले नेपालबाट विदेशी मुद्रा तस्करी गरेर चीन र दुबई पुर्‍याउने र उताबाट सुन ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको २०६८ को अनुसन्धानमा उल्लेख छ।

२०५३ सालमा ५ करोड नेपाली रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका थिए। त्यतिबेला सो रकम सुन खरिदका लागि विदेश पठाउन लागेको प्रहरीले दाबी गरेको थियो। त्यसभन्दा अघि २०६९ भदौ १९ मा नेपाल प्रहरीका तत्कालीन एसएसपी रविराज श्रेष्ठले नै विदेशी मुद्राको अवैध कारोबारमा मुछिएर जागिरबाटै हात धोएका थिए। सो प्रकरणमा विनोदकुमार सोनी, राजेश अग्रवाल, विमल पोद्दार सत्यनारायण कुकरा मुरारीलाल गोयल, सुमन अग्रवाल, मुरारीलाल गोयल (जमालिया), पवन अग्रवाल मुछिएका थिए। जमालिया र विनोदकुमार सोनी ३३ किलो सुन प्रकरणमा पनि मुछिएका व्यापारी हुन्।

२०७७ पुस २० गते ३० वर्षीय अमितकुमार गुप्ता १ करोड ४७ लाख रूपैयाँसहित भारतबाट नेपाल आएका थिए। उनीहरूलाई प्रहरीले राजस्व अनुसन्धानमा बुझाएपछि विभागलाई दिएको बयानअनुसार नेपालमा सुन किन्न रकम लिएर आएको खुलेको थियो।

त्यतिबेला विभागले विशेष अदालतमा २ करोड ९२ लाख माग दाबीसहित मुद्दा दायर गरेको थियो। त्यसको दुई महिनापछि विभागले गरेको अनुसन्धानमा सो रकम भारतीय नागरिक अमितकुमार गुप्ता भन्ने अंकितकुमार अग्रवालले अवैध सुन खरिद गर्न ल्याएको तथ्य बाहिर आएको थियो।

२०५३ सालमा ५ करोड नेपाली रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका थिए। त्यतिबेला सो रकम सुन खरिदका लागि विदेश पठाउन लागेको प्रहरीले दाबी गरेको थियो। त्यसभन्दा अघि २०६९ भदौ १९ मा नेपाल प्रहरीका तत्कालीन एसएसपी रविराज श्रेष्ठले नै विदेशी मुद्राको अवैध कारोबारमा मुछिएर जागिरबाटै हात धोएका थिए।

अग्रवालले सचिन टेवडेवाल भन्ने सचिनकुमार अग्रवालबाट प्राप्त गरी नुर महोमद भन्ने नुरुद्दिन अन्सारीलाई दिएर सुन लिन रकम ल्याएको बयान दिएका थिए। विभागका एक अधिकारीका अनुसार भारतबाट पनि गाडीमा यसैगरी अवैध रकम नेपाल आउने र नेपालको विमानस्थल हुँदै सुनको भुक्तानीका लागि दुबई र चीन जाने गरेको छ।

प्रहरीले विभिन्न चरणमा गरेको अनुसन्धान अनुसार सुन तस्करहरूले विदेशी नोट लिएर विदेश जाने र फर्किंदा दुबईबाट सुन ल्याउने रणनीति बनाएका हुन्छन्। तस्करीबारे गरिएका अनुसन्धानहरूले विदेशी मुद्रा अपचलनकर्ता, हुन्डी कारोबारी र सुन तस्करहरूले कनेक्सनमा रहेर अवैध रकम लिएर नेपालबाट विदेश जाने र फर्किंदा सुन लिएर आउने गरेका छन्।

सुन तस्करीमा निष्पक्ष छानबिन हुन्छ

बुधबार विमानस्थलबाट करिब एक सय किलो सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गर्दै सुन तस्करीको निष्पक्ष छानबिन हुने बताएका छन्। ब्रेक सुमा लुकाई ल्याइएको एक क्विन्टल सुन भन्सार जाँचपास भएरै बाहिरिएको खबर सार्वजनिक भएपछि गृहमन्त्री श्रेष्ठ विमानस्थलको अध्यागमन र भन्सार निरीक्षणमा पुगेका हुन्।

मन्त्री श्रेष्ठका साथमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायत थिए। भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनमै प्रश्नचिह्न खडा भएपछि गृहमन्त्री श्रेष्ठले विशेष चासो देखाएका हुन्।

सुन तस्करी प्रकरणमा एक, चिनियाँ एक भारतीयसहित १० जना पक्राउ परिसकेका छन्। चिनियाँ नागरिक जेयुङ लिन, ट्रान्स ग्लोबल सर्भिसकै सञ्चालक पुष्कर भट्ट र कृष्णकुमार श्रेष्ठ, एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ बिहीबार पक्राउ परेका थिए।

बुधबार विमानस्थलबाट करिब एक सय किलो सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गर्दै सुन तस्करीको निष्पक्ष छानबिन हुने बताएका छन्।

त्यसअघि बुधबार सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल पक्राउ परेका थिए।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झन्डै १०० किलो सुन बरामद गरेको थियो। यस प्रकरणमा भन्सार विभागले खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ।  

प्रकाशित: ६ श्रावण २०८० ००:३४ शनिबार

तस्करीका तानाबाना सुन र मुद्रा तस्करबीच साँठगाँठ