काठमाडौं- कुख्यात अन्तराष्ट्रिय अपराधि चाल्स शोभराजको मुटुको शल्यक्रिया भएको छ। उनको सोमबार शहिद गंगालाल अस्पतालमा डा. रामेश कोइरालाको टिमले शल्यक्रिया गरेको हो। उनको शल्यक्रियामा चिकित्सकहरुले करिब तीन ३ घण्टा समय खर्चिएका थिए।
शोभराजलाई शुक्रबार नै अपस्पतालमा भर्ना गरिएको थियो। उनको मंगलबार अप्रेसन गर्ने कार्यतालिका भए पनि आकस्मिकतामा सोमबार नै शल्यक्रिया गरिएको अस्पताल स्रोतले जनाएको छ।
शोभराजको ट्राइक्पिड भल्वको मर्मत गरिएको थियो भने माट्ररियल भल्व फेरिएको थियो। उनको अप्रेसन सकिए पनि होस आइसकेको छैन।
उनको मुटुमा कडा समस्या देखिए पछि चिकित्सकहरुले शल्यक्रिया गर्नु पर्ने बताएका थिए। तर शोभराजले फ्रान्सका चिकित्सकहरुलाई रिपोर्ट पठाएर उताबाट पनि शल्यक्रिया गर्नु पर्ने प्रतिक्रया आएपछि मात्र त्यसको लागि राजी भएका थिए।
शोभराज १३ बर्षदेखि केन्द्रिय कारागार सुन्धारामा थुनामा छन्।
प्रकाशित: २९ जेष्ठ २०७४ ०९:१२ सोमबार