समाज

कालिकोटमा देउडा खेल सुरु

कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा साउने संक्रान्तीको अवसरमा देउडा खेल सुरु भएको छ।

कर्णाली प्रदेश सरकारले साउन १ गते साउने संक्रान्ती बिदा दिएपछि पहिलो पटक देउडा खेलको आयोजना गरिएको हो। 

लोक संस्कृति जोगाउने हाम्रो अभियान, उत्कृष्ट देउडा सर्जकलाई सम्मान भन्ने मुल नाराको साथ कर्नाली देउडा प्रतिष्ठान नेपाल वीरेन्द्रनगर सुर्खेतले देउडा खेलको आयोजना गरेको हो।

कर्णालीको भाषा,संस्कृति, सभ्यता र यहाँको रितीथितीका बारेमा जानकारी दिन खेलको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष नेत्रराज शाहीले बताए। देउडा गीत मार्फत कर्णालीमा रहेको बालविवाह, सामाजिक कुरिती र कुसंस्कार अन्त्य गर्न सहयोग पुग्ने बताइएको छ। कर्णालीमा निकै प्रचलित देउडा खेलका माध्यमबाट संस्कृति जर्गेना, समाज रुपान्तरण, जनचेतनाको विकास, तथा सामाजिक जागरण फैलाउन सकिने  देउडा पारखी पुष्पराज आर्चाय बताए।

खेल खेल्न कालिकोटका नौ वटै स्थानीय तह, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोट, होटल ब्यवसायी संघ, कालिकोट उद्योग बाणिज्य संघ, लगायतका रहेका छन्। खेल सोमबार र मंगलबार हुने आयोजकले जनाएको छ।

देउडा खेलमा कर्णालीका दैलेख, जुम्ला, मुगु, हुम्ला लगाएतका ठाउँबाट खेल खेल्न खेलाउडाहरुको सहभागिता रहेको छ।

अहिले पनी कर्णालीको संस्कृती जर्गेना गर्न देउडा खेलले महत्वपुर्ण भूमिका खेलेको छ।

प्रकाशित: १ श्रावण २०८० ११:३२ सोमबार

देउडा खेल