समाज

पुलबाट सुमो खस्दा चालकको मृत्यु

सिन्धुली–यहाँको गोलञ्जोर गाँउपालिका ७ खुर्कोटस्थित बिपी राजमार्गको भालुखोला पुलबाट सुमो खस्दा १ जनाको घट्नास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना यात्रुहरु घाइते भएका छन्।

 काठमाडौंबाट दोलखा जाँदै गरेको अरनिको सेवा समितिको ना १ ज ४९३५ नम्बरको सुमो दुर्घटना हुँदा सवारी चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दोलखा नाम्दा गाविसका २४ वर्षिय रामहरि दास रहेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको र घाइते  यात्रुलाई खुर्कोटकै सुनकोसी अस्पतालमा उपचार भइरहेको स्थानीयले जनाएका छन्। सुमो पुलबाट झन्डै २० फिट तल खसेको थियो। 

 

 

 

प्रकाशित: २६ जेष्ठ २०७४ ०९:१२ शुक्रबार

पुलबाट सुमो खस्दा चालकको मृत्यु