समाज

१७ वर्ष पछि हत्या आरोपि पक्राउ

 नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ का मिङ्गमार लामा भन्ने कामी तामाङ्ग १७ वर्षपछि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दाका आरोपी रहेका तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी  नुवाकोट जिल्ला अदालतमा बुझाएको छ।

२०५७ माघ १६ गते साबिकको घ्याङ्गफेदी गाबिसको वडा नम्बर ३ मा  घ्याङ्गफेदीकै वडा नंम्बर ८ का मख्खु भन्ने छेवाङ् तामाङ्गलाई धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार भएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ४० वर्षका तामाङ पछिल्लो समय घरमै बस्दै आएको सूचनाको आधारमा नियन्त्रणमा लिएर कारबाहीको लागी अदालत पठाउन नुवाकोट प्रहरीलाई बुझाएको हो । नुवाकोट प्रहरीले २०७२ सालमा नै सामान्य विवादमा मख्खुको हत्यामा संलग्न रहेका अर्का अभियुक्त स्थानीय हर्कबहादुर तामाङलाई पक्राउ गरिसकेको छ । प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले भने, “मख्खुको हत्याभएपछि प्रहरीमा कर्तव्य ज्यान मुद्दाको किटानी आएपनि अभियुक्तहरु फरार भएकाले कामी तामाङ्ग पक्राउ परेसँगै नुवाकोट जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ ।”  फरार भएका तामाङलाई सिआइबीको टोलीले पक्राउ गरी नुवाकोट जिल्ला अदालतमा उपस्थित गराइ पुर्पक्षको लागी जिल्ला कारागार चलान गरिएको छ।

 

प्रकाशित: २३ जेष्ठ २०७४ १४:१८ मंगलबार

१७ हत्या आरोपि पक्राउ