समाज

५ बर्षिय सुजलको याचना- उपचार गर्न सहयोग गर्नुस्

काठामाडौंमा उपचार खर्च नभएर घरेलु उपचार गरेर दैलेखको नौमुले घर रहेका बालक । तस्विरः नागरिक

आर्थिक अभावका कारण एक बालकको उपचार हुन सकेको छैन्। दैलेखको नौमुले गाउँपालिका –२ का ५ बर्षका सुजल दर्लामीको आर्थिक अभावका कारण उपचार हुन नसकेको हो। उनी चैत्र ६ गते जलेर घाइते भएका थिए। काठमाडौ लगेर उपचार गर्दा आर्थिक अभाब भएपछि उपचार नगरेरै घरमा फिर्ता ल्याईएको छ।  

आगोले जलेर घाइते बालकको उपचारका लागि परिवारजनले सहयोगको याचना गरेका छन्। उपचार गर्ने पैसा नहुँदा घरमा ल्याएर बालकको घरेलु उपचारमा परिवार लागेका छन् तर, पोलिएको घाउहरु निको भएको छैन्। जसले गर्दा फेरी काठमाडौं उपचारका लागि लैजान परिवारले सवैसंग सहयोग मागेको हो। बालकका बुबा तिलबहादुर दर्लामी पनि शारिरिक रुपमा अपांग छन्। तिल बहादुरको आखा नदेख्ने र आन्द्रामा पनि घाउ भै आर्थिक अभावका कारण उपचार नगरी घरमै बसेका छन्। त्यस्तै आमा पवित्रा दर्लामी शारिरिक रुपमा अशक्त दुबै हात भाँचिएर निको भै अहिले काम गर्न नसक्ने अबस्थामा छिन्। घरमा आर्थिक अभाव र एकपछि अर्को गरेर दुःखका दिनहरु आएकाले उपचारमा सहयोग गरिदिनहुन आमा पवित्रा दर्लामीले बताईन्।  

उनले सहयोग गर्न चाहनेहरुले एनएमबी बैंक नौमुले शाखामा कमल प्रसाद जैसीको नाममा रहेको खाता नम्बर १०४०१५९१९२४०००१७  सहयोग गर्न सकिने छ।

प्रकाशित: २३ असार २०८० ०८:०१ शनिबार

५ बर्षिय सुजलको याचना- उपचार गर्न सहयोग गर्नुस्