समाज

वालिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु

वालिङ- वालिङ नगरपालिका– १४ मा आज बिहान जिप दुर्घटना हुँदा जिपमा सवार वालिङ-१४ बस्ने २५ वर्षीया सानु खाँडको मृत्यु भएको छ।  

वडा प्रहरी कार्यालय वालिङका अनुसार वालिङ नगरपालिका-१४ पेखु ठानाबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ५४१६ नंको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ-१४ बस्ने १५ वर्षीया निशा खवास र चापाकोट नगरपालिका-४ बस्ने १५ वर्षीया पूजासिंह ठकुरीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ। 

दुर्घटनामा सामान्य घाइते वालिङ-१४ बस्ने ३१ वर्षीया सुशीला थापा, ३६वर्षीया सरस्वती एस्के, २१ वर्षीय कुुलबहादुर कुँवर र ३५ वर्षीय चालक कृष्ण खाँण, चापाकोट नगरपालिका बस्ने १८ वर्षीय जमितासिंह ठकुरीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। राति परेको पानीका कारण चिप्लो कच्ची सडकमा जिप चिप्लिएर झन्डै २५ मि तल खसेको थियो। रासस 

प्रकाशित: ७ जेष्ठ २०७४ ०८:२१ आइतबार

वालिङमा जिप दुर्घटना हुँदा एकको मृत्यु