समाज

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

राजविराज – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी कार्यालय मोहुलीमा कार्यरत सप्तरीकै कृष्ण सबरण गाउँपालिका– ३ का २६ वर्षीय मीननारायण चौधरी रहेको प्रहरीले जनाएको छ । 

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको चौधरी सवार ना ३३ प ४१२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मोहली पुलमा ठोकिँएको थियो । त्यस्तै मोटरसाइकल पछाडी सवार प्रहरीचौकी पकरीमा कार्यरत सप्तरी कृष्ण सबरण गाउँपालिका– १ बस्ने २३ वर्षीय म्यादी प्रहरी रगुनन्दन चौधरीसमेत गम्भीर घाइते भएका छन् । 

घाइते उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कर्यालय मोहुलीले जनाएको छ। 

प्रकाशित: ६ जेष्ठ २०७४ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App