समाज

नुवाकोटमा सिलिन्डर बम विष्फोट

नुवाकोट- नुवाकोटको लिखु गाउँ पालिका-१ खानीगाउँ ढिककुरेमा बम विष्फोट भएको छ। इलाका प्रहरी कार्यालय ढिकुरे नजिकै अज्ञात समूहले ग्याँस सिलिण्डर बम विष्फोट गराएको हो।

इलाका प्रहरी कार्यालय ढिकुरे र मानब बस्तीभन्दा दुई सय मिटरको दूरीमा रहेको धानखेतमा खाना पकाउने ग्याँस सिलिण्डरलाई बम बनाएर विष्फोट गराएको नुवाकोट प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताए।

आइतबार हुन लागेको स्थानीय तहको निर्वाचनलाई लिएर नारायणीदेवी माध्यामिक विद्यालय परिसरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच विवाद भइरहेको थियो।

विवाद व्यवस्थापनमा सुरक्षाकर्मी लागेको मौका मिलाएर अज्ञात समूहले सिलिण्डर बम पड्काएको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७४ ०७:५४ शनिबार

नुवाकोटमा सिलिन्डर बम विष्फोट