समाज

खोलाले बगाएर आमाछोरीको मृत्यु

बैतडी – खोलाले बगाएर बैतडीमा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ सुकुट्टीकी २४ वर्षीया सुनिता महर र उनकी ६ वर्षीया छोरी करिश्मा महर रहेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिए । 

बुधबार साँझ ४ः३० बजे घरनजिकै रहेको पुरौडा खोलामा नुहाइरहेका बेला एक्कासि वर्षासँगै आएको बाढीले आमाछोरीको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक दुवैजनाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस 

प्रकाशित: २८ वैशाख २०७४ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App