समाज

प्रधानन्यायाधीश कार्कीले आफैंलाई इजलाश तोकिनन्

काठमाडौं- महाभियोग लागेको एक सातापछि सर्वोच्चकै आदेशले अदालत फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार आफूबाहेक ९ न्यायाधीशलाई इजलाश तोकेकी छन्। एकल र संयुक्त गरी गठन भएका इजलाशमा कार्की संलग्न भएकी छैनन्।

कार्कीले आफूबाहेकको इजलाश तोकेपछि राजीनामा दिने, विदामा बस्ने वा संसदमा विचाराधीन रहेको महाभियोगले अरु कुनै नयाँ मोड नलिउन्जेल मुद्दा नहेर्ने रणनीति लिएको हुनसक्छ।

वैशाख १७ गते संसदमा महाभियोग लागेपछि कार्की अदालत फर्किने वा नफर्किने अन्योल भएको थियो। संसदमा दर्ता भएकै दिन गत शुक्रबार न्यायाशी चोलेन्द्र शम्शेर राणाको इजलाशले महाभियोगलाई कार्यन्वयन नगर्न आदेश दिएको थियो।

कार्कीले आफूबाहेकको इजलाश तोकेपछि राजीनामा दिने, विदामा बस्ने वा संसदमा विचाराधीन रहेको महाभियोगले अरु कुनै नयाँ मोड नलिउन्जेल मुद्दा नहेर्ने रणनीति लिएको हुनसक्छ।

करिब एक महिना उनको कार्यवधि बाँकी छ। न्यायिक परम्पराअनुसार प्रधानन्यायाधीशले चाहेमा एक महिनाअघि देखि विदा बस्न सक्नेछन्। यसअघिका तीन प्रधान्यायाधीशहरुले विदामा नबसी कार्य गरेका हुनाले विदा बस्ने अनिवार्य ब्यवस्था छैन।

 

प्रकाशित: २४ वैशाख २०७४ ०५:३१ आइतबार

प्रधानन्यायाधीश कार्कीले आफैंलाई इजलाश तोकिनन्