समाज

महाेत्तरीबाट २ सातामा १९ जना फरार दोषी पक्राउ

महोत्तरी– जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साताको अवधिमा अदालतबाट प्राप्त सूचिअसार अनुसार १९ जना फरार दोषीलाई पक्राउ गरेको छ।
 
वैशाख १ गतेदेखि १७ गतेसम्म महोत्तरी प्रहरीले अदालतबाट प्राप्त भएको लगत अनुसार फरार अभियुक्त पक्रने कार्यलाई तीव्र पारेपछि १९ जना फरार दोषी पक्रन सफल भएको प्रहरी प्रमुख राजकुमार लम्सालले बताए ।

एसपी लम्सालका पक्राउ परेको फरार अभियुक्तहरु मध्ये एक जनालाई कारागार चलान गरिएको र १८ जना फरार दोषी जरिवाना तिरी छुटेका छन्।

पक्राउ परेका दोषीहरु महोत्तरी जिल्ला अदालतबाट विभिन्न मितिमा सजायको फैसला भई लामो समयदेखि फरार रहँदै आएका थिए।

प्रहरीले पक्राउ परेका १९ जनाबाट कैद ४ वर्ष दुई महिना र एक लाख ४३ हजार ८ सय २१ रुपैंयाँ जरिवाना असुल उपर भएको एसपी लम्सालले बताए।

प्रहरीले महोत्तरी अदालतले चोरी मुद्धामा चार वर्ष दुई महिना कैद फैसला गरेको बर्दिवासनगरपालिका २ का अशोक भन्ने शत्रुधन महतोलाई पक्राउ गरी अदालतमा बुझाएपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

कुटपिट मुद्धामा जरिवाना सजाय फैसला भएका एकरहिया २ का फगुनी दास, सगुनी दास, रघुवीर दास तत्मा, पिपरा ३ का नवल मुखिया विन, रामनन्दन मुखिया विन, भ्रमरपुरा ३ का उपदेश ठाकुर, भ्रमरपुरा ७ का वविता देवी, शैल देवी, सोनमा ९ का अमित राय यादव, समिति राय यादव र सौनौल ९ का कालिचरण यादव, शम्भु राय यादव जरिवाना तिरी छुटेका छन्।   

त्यस्तै, गालि बेइज्यती मुद्धामा भ्रमरपुरा ९ का बैजनाथ मण्डल, लेनदेन मुद्धामा भ्रमरपुरा ९ का रामसोगारथ यादव, जालसाजी मुद्धामा सोनमा ४ का विजयकुमार यादव, सुन्दरपुर ४ का रुपलाल यादव,  परीक्षामा अनियमितता गरेको मुद्धामा सोनमा ४ का चुलाई यादव महोत्तरी अदालतमा तोकिएको जरिवाना तिरी छूटेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०७४ १०:१० सोमबार

महाेत्तरीबाट सातामा १९ जना फरार दोषी पक्राउ