समाज

सर्लाहीमा थुनुवा चिन्न थुनुवा ‘ड्रेसकोड’

सर्लाहीमा थुनुवाको अलग्गै ड्रेसकोड लागू भएको छ।

थुनुवालाई अदालतमा लिएर जाँदा भिडभाड हुने र थुनुवा लुक्न सक्ने सम्भावनालाई मध्यनजर गरी सर्लाहीमा थुनुवा ड्रेसकोड प्रचलनमा ल्याइएको छ।

टाढैबाट निगरानी गर्न र पहिचान गर्न सजिलो होस् भनेर थुनुवा पहिचानको लागि अलग्गै ड्रेसकोडको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायबाट थुनुवाहरूलाई अदालतमा म्याद थप गर्न लिएर जाँदा, आउँदा तथा अदालतमा बयानका लागि पुग्दा पहिचानको लागि थुनुवा लेखिएको ड्रेसकोड लागू गरिएको हो।

थुनुवाको लागि एकै किसिमको पोसाक भएपछि थुनुवालाई सम्बन्धित निकायका मानिसले सजिलै चिन्ने पनि बताइएको छ। थुनुवा चिन्न सर्लाही प्रहरीले नयाँ किसिमको अभ्यासको थालनी गरेको हाे।

प्रकाशित: ३ असार २०८० १३:३७ आइतबार