समाज

चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

तेह्रथुम – गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन्। 

चट्याङले फेदाप गाउँपालिका–५, सम्दुकी ५३ वर्षीया फितरानी राईकोे घटनास्थलमै ज्यान गएको सक्रान्तिबजार इलाका प्रहरी कार्यालयले जनाएको छ । 

बुधबार बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा अचानक चट्याङ परेको थियो । चट्याङ लागेर गीता राई र टेकबहादुर राई घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। रासस 

प्रकाशित: ७ वैशाख २०७४ ०९:४३ बिहीबार

चट्याङ लागेर महिलाको मृत्यु दुई घाइते