समाज

जीवजन्तु समक्ष पानीको पहुँच पुर्‍याउन नगरपालिकाले खन्यो खाल्टो

रौतहटमा लगातार बढी रहेको गर्मी र खडेरीका कारण पर्याप्त पानीको स्रोत नहुँदा जंगली जनावरलाई समस्या पर्न थालेको छ। खडेरीको समयमा पानीको चरम अभाव हुने हुँदा जीवजन्तुलाई पिउने पानीको समस्या भएको हाे।

कैयौँ जनावहरु पानीको अभावका कारण मर्न थालेपछि गौर नगरपालिकाले बकैयाको बगरमा खाल्टो खनेको छ। पानीको अभावमा जंगली जनावरहरु मर्न थालेको खबर आएपछि खाल्टो खनेर वन्यजन्तु जोगाउने प्रयास गरेको नगर प्रमुख शम्भु साहले बताए।

उनका अनुसार नीलगाई र बँदेल पानी खान नपाएर मर्न थालेको खबर पाएपछि बकैयाको बगरमा खाल्टो खनी पानी निकालिएको हाे।

'विभिन्न जनावरहरुलाई सहज किसिमले पानी खाने व्यवस्था गरिएको छ।' नगर प्रमुख साहले भने। 

बकैया नदीको क्षेत्रमा हजारौँको संख्यामा नीलगाई तथा अन्य पशुहरु रहेका छन्। वन्यजन्तु तथा जैविक विविधतालाई बचाउनु मानवताको दृष्टिकोणले उपयुक्त भएको नगर प्रमुख साहको भनाइ छ। 

प्रकाशित: २७ जेष्ठ २०८० ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App