समाज

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ

काठमाडौँ– सिराहा भोकाहा घर भई काठमाडौँ तीनकुने बस्ने २५ वर्षीय संजयकुमार शाहलाई प्रहरीले सुनसहित पक्राउ गरेको छ । 

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पार्किङ एरियामा यात्रुसँग विदेशबाट ल्याइएको सुन संकलन गर्दै गरेको अवस्थामा १ सय ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। 

शाहलाई प्रहरीले आवश्यक कारवाहीको लागि भंसार कार्यालय सिनामङगलमा बुझाएको जनाएको छ। 

 

प्रकाशित: २२ चैत्र २०७३ ११:२४ मंगलबार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित पक्राउ