धनुषा– खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए ।
वड़ा प्रहरी कार्यालय मुजेलिया जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रकाशित: १७ चैत्र २०७३ ०९:१९ बिहीबार