समाज

१५ हजार घुससहित भूमिसुधारका नासु पक्राउ

बारा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटाैंडाको टोलीले बुधबार दिउँसो भूमिसुधार कार्यालयका एकजना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ।

टोलीले भूमिसुधार कार्यालय बाराका नायब सुब्बा विश्वनाथ यादवलाई पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले नासु यादवलाई १५ हजार घुस रकमसहित कलैयास्थित भूमिसुधार कार्यालयबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाका प्रवक्ता नरेन्द्र भट्टराईले मोही कट्टा गर्नका लागि एक जना सेवाग्राहीसँग नासु यादवले १५ हजार घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरीएको जनाएका छन्।

पक्राउ परेको यादवलाई  आयोगको क्षेत्रीय कार्यालय हेटौँडामा ल्याएर घुस लिएको बारेमा थप अनुसन्धान शुरु गरिएको प्रवक्ता भट्टराईले बताए।

 

प्रकाशित: १६ चैत्र २०७३ १४:१२ बुधबार

१५ घुससहित भूमिसुधारका नासु पक्राउ