समाज

‘बिहीबारसम्म मौसम धुम्म’

काठमाडौं- पश्चिम र पूर्व/दक्षिणबाट नेपाल भित्रिरहेको कमजोर वायुको प्रभावले पूर्वी र मध्य नेपालको आकाश बिहीबारसम्म बादलले ढाक्ने भएको छ।

‘बिहीबारसम्म पूर्वी र मध्य नेपालको आकाश आज (मंगलबार) को जस्तो हुनेछ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले नागरिकस“ग भने, ‘अधिकांश स्थान बादलले ढाक्छ । तर छिटपुटबाहेक पानी पर्दैन ।’

                उनका अनुसार मंगलबार दिउ“सो देशभर नै बादल लाग्यो । भारतको बिहार र बंगलादेशको आसपास रहेको न्यूनचापीय रेखाले गर्दा पूर्वी र मध्य नेपालमा प्रभाव पारेको छ । रेखाकै प्रभावले विकास भएको जलवाष्प कमजोर अवस्थामा नेपाल भित्रिएको छ । त्यसैले पानी पर्न सकेको छैन ।

                ‘पश्चिममा पनि स–साना न्यूनचापीय रेखा देखिएका छन् । बादल लागेको देखिन्छ । तर पानी पार्न सकेको छैन । दिनभर बदली भएकाले दिउ“सोको तापक्रम घटेजस्तो महसुस भएको छ’, रिमालले भने, ‘सापेक्षिक आद्रता बढी भएकाले गुम्म र अलि तातो महसुस भएको हो ।’

उनले पूर्व र मध्यको तुलनामा बुध र बिहीबार पश्चिम नेपालका आकाश केही सफा हुने अनुमान गरे । ‘पश्चिम नेपालमा मंगलबार देखिएको बादल विस्तारै पूर्वतिर सर्दैै आउँछ । त्यसले गर्दा पनि पश्चिममा दुई दिन आकाश सफा हुनसक्छ’, रिमालले भने ।

                उनले स्थानीय पानीका स्रोतहरू वाष्पीकरण हुने प्रक्रिया पनि कमजोर भएको उल्लेख गरे । ‘यो प्रक्रिया पनि त्यति बलियो छैन । वाष्पीकरण भएर बादल बन्ने क्रम बढेको भए यसले पानी पा¥थ्यो र आकाश सफा हुन्थ्यो, त्यो पनि छैन’, रिमालले भने ।

                उनका अनुसार प्रारम्भिक मनसुनका क्रममा स्थानीय पानीका स्रोतहरू वाष्पीकरण हुने प्रक्रिया बलियो भयो भने त्यसबाट बनेको बादलले चट्याङ, हुन्डरी र असिना पार्ने सम्भावना बढी हुन्छ । तर अहिले त्यस्तो अवस्था पनि छैन ।

                ‘प्रदूषणले उपत्यकामा तुवाँलो’               

                उपत्यकामा मंगलबार बिहानैदेखि जमिनको सतहदेखि माथिसम्म सेतो तुवाँलो देखा परेको छ। वायुमण्डलको दृश्य पनि सफा देखिएको छैन । ‘वायु प्रदूषणका कारणले यस्तो भएको हो । यहाँ को हावामा प्रदूषित तत्व धेरै मिसिएकाले दृश्यावलोकन धमिलो भएको हो’, रिमाल भन्छन् ।

                उनका अनुसार जलवाष्प र प्रदूषित तत्वहरू एकआपसमा मिसिएपछिको मिश्रित हावा सतहनजिक देखिएको हो । पानी नपर्दासम्म आगामी दिनमा पनि काठमाडांैको अवस्था यस्तै देखिन्छ ।  

                अहिले प्रारम्भिक मनसुनको अवस्था छ । यतिबेला क्युमोलोनिम्बस (सिबी) बादल धेरै बन्छ र यसले चट्याङ, हुन्डरी र मुसलधारे वर्षा गराउ“छ । यो क्रम जेठको अन्तिम सातासम्म चलिरहन्छ । अन्तिम साता पनि पूर्वी नेपालबाट मनसुन भित्रिन्छ । मनसुन सक्रियतास“गै नियमित वर्षा सुरु हुन्छ।

प्रकाशित: १६ चैत्र २०७३ ०३:०७ बुधबार

बिहीबारसम्म मौसम धुम्म