दार्चुला – कारको ठक्करबाट दार्चुलामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा मालिकर्जुन गाउपालिका वडा नं. ८ पोलविसाका पदम बोहराकी १२ वर्षिय छोरी मनिषा बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आइतबार बिहान दार्चुलाबाट धनगढीतर्फ गइरहेको बा १६ च ९१५१ नम्बरको कारले बोहरालाई ठक्कर दिँदा दाहिने खुट्टाको घुडामा चोट लागेको छ । घाइते बालिकाको जिल्ला अस्पतालमा दार्चुलामा प्राथमिक उपचार गरी थप उपचारका लागी रिफर गरिएको प्रहरी प्रमुख डिएसपी केदार खनालले बताए । ठक्कर दिने कार धनगढी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेश भण्डारीको रहेको र दार्चुला महोत्सवबाट फर्कने क्रममा नेपाल उद्योग वाणिज्य महासंघको टोली गाडीमा सवार रहेको प्रहरीले जनाएको छ । घाइतेको सम्पूर्ण उपचार जिम्मा गाडी धनी तथा चालकले लिएका छन् ।
प्रकाशित: १३ चैत्र २०७३ ०५:२५ आइतबार