समाज

वैदेशिक रोजगारीमा जानेलाई नक्कली लाइसेन्स बेच्ने पक्राउ

ललितपुर– महानगरीय प्रहरी परिसर जावलाखेलले नक्कली लाइसेन्सको कारोबार गर्दै आएका दुई व्यक्तिलाई पक्राउ गरेको छ। परिसरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुधबार एक सय ९० थान होलोग्राम, एक सय १५ प्रति नक्कली लाइसेन्स, एक प्रिन्टर सहित कार्यविनायक भनिमण्डल र भैसेपाटीबाट पक्राउ गरेको हो।

आरोपीले यातायात व्यवस्था विभागको नक्कली छाप र अधिकृतको नक्कली दस्तखतसहितको वैदेशिक रोजगारमा जाने व्यक्तिको लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कार्यविनायक सिद्धिपार्कका अनिल कुमार पाख्रिन र ललितपुर महानगरपालिकास्थित भनिमण्डलमा बस्ने गणेश वहादुर गोले छन्। आरोपीले यातायात व्यवस्था विभागको नक्कली छाप र अधिकृतको नक्कली दस्तखतसहितको वैदेशिक रोजगारमा जाने व्यक्तिको लाइसेन्स बनाइदिने गरेको प्रहरीले जनाएको छ।

‘आरोपी पेसेवर रुपमै नक्कली लाइसेन्स बनाउँदै आएका छन्,’ परिसरका एसपी अशोक सिंहले भने, ‘एक हजारदेखि २० हजारसम्म पैसा असुलेर अक्कली लाइसेन्स बनाउँदै आएको पाइयो ।’ उनका अनुसार गशेण वहादुर गोलेलेले बोकेको नक्कली लाइसेन्सबाट प्रमाण खुलेको थियो।

आरोपीले यातायात व्यवस्था विभागका कर्मचारीसँग मिलोमतो गरी लाइसेन्स कारोबार गर्दै आएको हुनसक्ने प्रहरीको भनाई छ । यसबारे थप अध्ययन थालेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ९ चैत्र २०७३ १३:५४ बुधबार

वैदेशिक रोजगारीमा जानेलाई नक्कली लाइसेन्स बेच्ने पक्राउ