समाज

‘दोहोरो कुरा गरेर बालबालिका नअल्मल्याऔं’

फाइल तस्वीर

शिक्षाविज्ञले घरमा आआफ्ना बालबालिकालाई दोहोरो कुरा गरेर नअल्मल्याउन अभिभावकलाई सुझाएका छन्।

एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा शनिबार भएको अभिभावक भेलामा विज्ञ वरिष्ठ बाल शिक्षण तालिम प्रशिक्षक उत्तम दाहालले आमाले एउटा अनि बाबाले अर्काे कुरा गर्दा ससाना बालबालिका अलमलमा पर्ने बताए।

‘बुबा र आमा दुवैले दोहोरो कुरा गरेर बालबालिकालाई नअल्मल्याऔं’, अभिभावकलाई सुझाउँदै उनले भने, ‘त्यसले बालबालिका दोधारमा पर्ने हुन्छ।’

शिक्षाविज्ञले घरमा आआफ्ना बालबालिकालाई दोहोरो कुरा गरेर नअल्मल्याउन अभिभावकलाई सुझाएका छन्।

आमाले ‘मोबाइल धेरै नहेर’ भन्ने अनि बाबाले ‘हेरे पनि केही हुन्न हेर’ भन्दा ससाना बालबालिका अल्मलिने उनको भनाइ थियो। ‘यो त एउटा साधारण उदाहरण मात्र हो’, उनले भने, ‘त्यस्ता धेरै कुराकानी हाम्रा घरमा हुन्छन्, जसले बालबालिका अल्मलिने गर्छन्।’

आआफ्ना छोराछोरीलाई अरू बालबालिकासँंग तुलना नगर्न पनि उनले सुझाए। ‘हरेक बालबालिकासँग फरकफरक खुबी रहेको हुन्छ’, उनले थपे, ‘सबैसँग एउटै क्षमता हुँंदैन। त्यसकारण अरू बालबालिकासँग तुलना गरेर उनलाई आत्मग्लानि गराउनु हुँदैन।’

प्रकाशित: १४ जेष्ठ २०८० ०६:०० आइतबार

एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुर रेक बालबालिकासँग फरकफरक खुबी