समाज

साताभर मौसममा बदली

काठमाडौं- स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकालगायत पहाडी भूभागमा शनिबार सामान्य वर्षा भएको छ। मध्य र पूर्वका पहाडी क्षेत्रमा साताभर नै मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

‘पहाडी भूभाग विशेषगरी मध्य र पूर्व क्षेत्रमा यो साताभर मौसममा बदली हुने देखिन्छ’, महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘बेलुकापख सामान्य वर्षा हुन सक्छ भने रात्रि र बिहानपख मौसम सफा हुनेछ। यस्तो प्रभाव साताभर देखिनेछ।’

पौडेलका अनुसार स्थानीय वायुका कारण मौसममा हुने बदली लामो समयसम्म भने रहिरहँदैन। यद्यपि पश्चिमी वायुको समेत प्रभाव थपिएमा वर्षा बढी हुन सक्ने पौडेलले बताए। प्रि–मनसुनको समय भएकाले स्थानीय वायुको प्रभाव देखिनु सामान्य रहेको उनको भनाइ छ।

प्रकाशित: ६ चैत्र २०७३ ०३:३५ आइतबार

साताभर मौसममा बदली