समाज

धरानमा ग्याङफाइट, एकको मृत्यु

इनरुवा – सुनसरीको धरान उपमहानगरपालिकामा आज दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन् । सोही घटनामा शुक्र राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

गम्भीर घाइते भएका राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ भने घाइते शुक्र राईको प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । रासस 

प्रकाशित: ५ चैत्र २०७३ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App