समाज

गोली प्रहार गरी सासु बुहारीको हत्या

मोरङ- मोरङ कटहरी १ आदर्श टोलमा अज्ञात समूहरुले गोली प्रहार गरी सासु बुहारीको हत्या गरेको छ। उनीहरुको निधारमा गोली हानीएको प्रहरीले बताएको छ। सासु दीपा निरौला डागा र बुहारी अस्मिता भट्टराई डागाको अलग अलग कोठमा गोली प्रहार गरि हत्या भएको अवस्थामा शव भेटिएको छ।

डागा परिवारले धानको व्यापार गर्दै आएको थियो। घरको दराज फोरिएको अवस्थामा रहेको जनाइएको छ। प्रहरीले घटनबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ।

प्रकाशित: ४ चैत्र २०७३ १४:२९ शुक्रबार

गोली प्रहार गरी सासु बुहारीको हत्या